Skip

Hamro Sanchar

प्युठानको खोला किनारमा ५ जनाको शव फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २८ गते


Advertisement

२८ साउन, प्युठान । प्युठानमा ५ जनाको शव फेला परेको छ । आज बिहान स्वर्गद्धारी नगरपालिका– ९ जुडापाटास्थित माडी खोला किनारको फरक–फरक स्थानमा पाँच जनाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नरहरि अधिकारीले घटनास्थलमा प्रहरीको टोली पुगिसकेको जानकारी दिए । उनका अनुसार मृतक पाँचै जनाको सनाखत हुन बाँकी छ ।

रोल्पाको पहिरोमा बगेकाहरूको शव खोलाले बगाएर ल्याएको हुनसक्ने आशंका गरिएको डीएसपी अधिकारीले जानकारी दिए ।

गएराति रोल्पाको थवाङमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता छन्।


प्रतिकृया दिनुहोस्