Skip

Hamro Sanchar

रोल्पामा पहिरोले घर पुरियो : २ जनाको मृत्यु, २ गम्भीर घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २८ गते


Advertisement

२८ साउन, काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा घर-गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाकाअनुसार मृत्यु हुनेमा थबाङ-५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय कमलबहादुर पुन मगर छन्।

घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर रहेका प्रहरीले जनाएको छ।

कार्यालयले दिएको जानकारीअनुसार यही साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घर सहित गोठ पुरिएको हो।

गए राति घटनास्थलमा प्रहरी टोली पुगेको छ। प्रहरी र स्थानीयवासीको सहयोगमा घाइते उद्धार गरी उपचारार्थ स्वास्थ्य सस्थामा पठाइएको छ। दुवै घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीले पहिराबाट छ घर रगोठमा क्षति पुगेको जनाएको छ ।


प्रतिकृया दिनुहोस्