Skip

Hamro Sanchar

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु भएपछि अवस्था तनावग्रस्त !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २४ गते


Advertisement

२४ साउन, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ ।

सुधार गृहमा राखिएका युवकलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

तर, सुधार गृहमा रहेका अन्य व्यक्तिहरूले भने युवकको कुटपिटबाट मृत्यु भएको आरोप लगाएका छन् । घटनापछि सुधार गृहको अवस्था तनावपूर्ण बनेको हो ।


प्रतिकृया दिनुहोस्