Skip

Hamro Sanchar

३ दिनपछि जंगलमा मृत भेटिए कपिलवस्तुका पूर्वमेयर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २४ गते


Advertisement

२४ साउन, काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन भएको ३ दिनपछि मृत फेला परेका छन् ।

सिंह शुक्रबार कपिलवस्तुको गोरुसिंगे जंगलबाट सम्पर्कविहीन भएको पाइएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका एसएसपी शारदा चौधरीले सिंहको शव फेला परेको पुष्टि गरेकि छन्।

उनले प्रयोग गर्ने लु.प्र.०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल गोरुसिंगे जंगलभित्र फेला परे पनि उनको अवस्था भने पत्ता लागेको थिएन ।

खोजीकै क्रममा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी मनोहरप्रसाद भट्टले जानकारी दिए । प्रहरीले उनको खोजीका लागि मोटरसाइकल भेटिएको क्षेत्रमा तालिमप्राप्त कुकुर, ड्रोन र ठूलो मात्रामा प्रहरी टोली परिचालन गरेको थियो ।


प्रतिकृया दिनुहोस्