Skip

Hamro Sanchar

मल किन्न भारत जादा पक्राउ परेका सर्लाहीका दुई दाजुभाइ ३८ दिनपछि घर फर्के

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २३ गते


Advertisement

२२ साउन, काठमाडौं । मल किन्न भारत जादा पक्राउ परेका सर्लाहीका दुई दाजुभाइ ३८ दिनपछि घर फर्केका छन् ।

सीमावर्ती भारतीय बजार सोनवर्षाबाट आफैंले किनेर ल्याउँदा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइ सुरेशप्रसाद सिंह र नगेन्द्रप्रसाद सिंह एक महिनाभन्दा बढीको जेल बसाइपछि शुक्रबार साँझ जमानतमा रिहा भएका हुन् ।

भारतस्थित सीतामढी जिल्लाको डुमरामा रहेको व्यवहार अदालतले उनीहरूलाई जमानतमा छाड्ने आदेश बुधबार दिएको थियो ।

सोही आदेशअनुसार कानुनी प्रक्रिया पूरा गरी आज उनीहरू ३८ दिन जेलमा बसेर मुक्त भएका हुन् ।


प्रतिकृया दिनुहोस्