Skip

Hamro Sanchar

२५० रूपैयाँको सामान किन्नेले जिते १० लाखको सरकारी बम्पर उपहार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २२ गते


Advertisement

२२ साउन, काठमाडौं । आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत बम्पर उपहार जित्ने बिजेताहरुको घोषणा भएको छ।

आज बिहान विभागले अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा विजेताहरुको घोषणा गरिएको हो।

शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहारको साउन महिनाको १५ दिनको बम्पर उपहार जितेका छन्।

बम्पर उपहार जितेका व्यक्तिले यही साउन ७ गते सामान किनेको खुलेको छ। विजेताको थप विवरण आन्तरिक राजश्व विभागले पहिचान गर्ने छ।

विभागले पहिलो १ लाख ३३ हजार ३३४ रूपैयाँ प्राप्त गर्ने १५ जनाको घोषणा गरेपछि बम्पर उपहार कार्यक्रम अन्तर्गत १० लाख रूपैयाँ जित्ने विजेता घोषणा गरेको छ।

१० लाख राशी बम्पर उपहार ००७३१५२५४४९३ कुपन नम्बर भएका व्यक्तिले जितेका छन्।

ती करदाताले शिवकृष्ण जनरल स्टोरबाट २५० रूपैयाँको सामान किनेको बिल उपहार कार्यक्रममा समावेश गरेका थिए।

उनले २५ प्रतिशत कर कट्टा गरी सरकारबाट ७ लाख ५० हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।


प्रतिकृया दिनुहोस्