Skip

Hamro Sanchar

‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २० गते


Advertisement

१९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार साउन २५ गतेदेखि अभियान काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय घण्टीघरबाट सुरु गरिने सहमहामन्त्री हरि ढकालले जानकारी दिएका छन्।

उनका अनुसार अभियानअन्तर्गत नागरिकका गुनासा, समस्या र अमूल्य सुझाव प्रत्यक्ष रूपमा सुन्न तथा आवश्यक समन्वय र सहजीकरण गर्न हरेक दिन केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यमध्ये दुई जनाको नियमित उपस्थिति अनिवार्य गरिएको छ।


प्रतिकृया दिनुहोस्