Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

इँट्टा भट्टाको पर्खाल भत्किँदा २ जना मजदुरको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २० गते


Advertisement

१९ साउन, नेपालगंज । बाँकेमा इँट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका –१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको च्यापिएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको हो भने ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए।

साउन १८ गते भएको यो घटनाका गम्भीर घाइते कोरीको उपचारको क्रममा आज बिहान ३स्३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्