Skip

Hamro Sanchar

मुग्लिन-नारायणगढ सडकमा पहिरो : दुईतर्फी यातायात ठप्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २० गते


Advertisement

१९ साउन, चितवन । मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

आज बिहान खसेको पहिरोका कारण देशकै प्रमुख ‘लाइफलाइन’ मानिने यस राजमार्गमा दुईतर्फी नै यातायात रोकिएको हो।

आज बिहान ७ बजेतिर उक्त सडकमा एक्कासि पहिरो खसेपछि सडक ठप्प भएको हो।

पहिरो खसेलगत्तै सडक डिभिजन कार्यालय भरतपुरबाट उपकरणसहितको टोली परिचालन भइसकेको छ। अहिले अवरुद्ध राजमार्ग खुलाउन पहिरो पन्छाउने काम धमाधम भइरहेको छ।

सडक डिभिजन कार्यालयका अनुसार पहिरो हटाएर यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याउन करिब एक घण्टाको समय लाग्ने अनुमान गरिएको छ।

यस सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा चालकहरूलाई सडक सुचारु भएको अवस्था बुझेर मात्र आफ्नो यात्रा अगाडि बढाउन अनुरोध गरिएको छ ।


प्रतिकृया दिनुहोस्