Skip

Hamro Sanchar

विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १९ गते


१९ साउन, बाजुरा । बाजुरामा विषालु च्याउ खाँदा १ जनाको मृत्यु भएको छ । बडिमालिका-७ धम्कनेका ५१ वर्षीय रामे थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

थापाको उपचारका क्रममा जिल्ला अस्पताल मार्तडीमा मृत्यु भएको हो । उनीकी श्रीमती नाम्सरी थापा पनि गम्भीर बिरामी छन् ।

उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 


प्रतिकृया दिनुहोस्