
१८ साउन, काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सत्तारूढ दन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामाथि गम्भीर आरोप लगाएका छन् ।
महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा सत्तापक्षले आफ्नै कार्यकर्तालाई सडकमा उतारेर हिंसा मच्चाउने र त्यसको दोष विपक्षीमाथि थोपर्ने गरेको आरोप लगाएका हुन् ।
सत्तापक्षको पछिल्लो रणनीतिमाथि पोखरेलले कडा व्यङ्ग्य गरेका हुन् ।
उनले आफ्ना कार्यकर्तालाई आन्दोलनकारी बनाउने र फेरि तिनैसँग वार्ता गरेर सम्झौताको नाटक गर्ने गरिएको उल्लेख गरेका छन् ।
पोखरेलले फेसबुकमा लेखेका छन्, ‘आफ्नै कार्यकर्तालाई आन्दोलनकारी बनाउने, तिनैसँग वार्ता गरेर सम्झौता गर्ने, अनि हिंसाको दोष चाहिँ अरूमाथि थोपर्ने यो जुक्ति गजबको छैन त रु’
पछिल्लो समय देशमा भइरहेका विभिन्न आन्दोलन, त्यस क्रममा भएका झडप र सरकारी पक्षसँग भएका सम्झौताहरूलाई लक्षित गर्दै महासचिव पोखरेलको यस्तो भनाइ आएको हो ।






























