Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मुग्लिन-नारायणगढ सडकखण्डका ३ स्थानमा पहिरो, अवस्था बुझेर मात्र यात्रा गर्नु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १८ गते


Advertisement

१८ साउन, काठमाडौं । लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार आज बिहान तुईन खोला पुल, नाम्सी खोलाको नयाँ पुल र सिमलताल क्षेत्रमा माथिबाट ढुंगा तथा लेदो बगेर सडकमा आएपछि यातायात प्रभावित भएको हो।

डिभिजनले पहिरो पन्छाउन सम्बन्धित स्थानमा उपकरण परिचालन गरिसकेको जनाएको छ। थप पहिरो नखसे सडकलाई करिब एक घण्टाभित्र दुवैतर्फ सञ्चालनमा ल्याउने अनुमान गरिएको छ।

हाल पनि वर्षा जारी रहेकाले पहिरोको जोखिम कायम रहेको सडक डिभिजनले जनाएको छ। डिभिजनले यात्रु तथा सवारी चालकलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न अनुरोध गरेको छ ।


प्रतिकृया दिनुहोस्