Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

निर्मल पुर्जाको निधनमा विश्वभर शोक : बेलायती राजपरिवारबाट पनि श्रद्धाञ्जली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १७ गते


Advertisement

१७ साउन, काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को निधनप्रति बेलायती राजपरिवारको तर्फबाट गहिरो दुःख व्यक्त गरिएको छ।

बेलायतका राजकुमार विलियमकाे आधिकारिक सामाजिक सञ्जाल खातामार्फत जारी शोक सन्देशमा ब्रड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका निर्मल पुर्जा तथा अन्य सबैप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

सन्देशमा निर्मल पुर्जाले विश्वप्रसिद्ध पर्वतारोही बन्नुअघि बेलायती सशस्त्र सेनामा उत्कृष्ट सेवा दिएको उल्लेख गर्दै उनले नेपाली पर्वतारोहीलाई विश्व मानचित्रमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताइएको छ।

राजपरिवारले पुर्जाको असम्भवलाई सम्भव बनाउने अटल संकल्प, विनम्रता र निस्वार्थ भावनाले उनलाई विशिष्ट व्यक्तित्व बनाएको उल्लेख गर्दै शोकको यस घडीमा उनका परिवार तथा हिमपहिरोमा ज्यान गुमाउने सबैका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।


प्रतिकृया दिनुहोस्