Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

निर्मल पुर्जाको निधनमा सोमबार शोक बिदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १७ गते


Advertisement

१७ साउन, काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को निधनको शोकमा सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा शोक बिदा हुने भएको छ।

अन्नपूर्ण पुर्जाको जन्मस्थल हो। गाउँपालिका अध्यक्ष भारतकुमार पुनले आइतबार सूचना जारी गर्दै पुर्जासहितका पर्वतारोहीप्रति सम्मान प्रकट गर्न सोमबार गाउँपालिकामा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कार्यालय र विद्यालय बन्द रहने जानकारी दिएका हुन्।

पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८ हजार ५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा पुर्जासहितको १० सदस्यीय पर्वतारोहीको हिमपहिरोमा परी निधन भएको थियो ।

 


प्रतिकृया दिनुहोस्