
१७ साउन, काठमाडौं । सप्तरीको राजविराज र बोदेबरसाइन नगरपालिकामा लगाइएको कर्फ्यु केही खुकुलो पारिएको छ ।
आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज बिहान ७ बजेदेखि बिहान ११ बजेसम्म दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न केही खुकुलो पारेको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार, कार्यालयको अनुमति लिई र्याली गर्ने प्रयोजनका लागि पनि कफ्र्यु आदेश केही खुकुलो पारिएको हो ।
यद्यपि, सो समयमा हुलदंगा वा अशान्ति फैलाउने वा अन्य उद्देश्यले एकै ठाउँमा पाँचजनाभन्दा बढी मानिस बेला भई उछृंखल गतिविधि गरेको पाइए कानुनबमोजिम कारबाही गरिने जनाइएको छ ।
साथै बिहान ११ बजेपछि यसअघि जारी कर्फ्यु आदेश अर्को आदेश जारी नभएसम्म निरन्तर रहने पनि जनाइएको छ ।





























