Skip

Hamro Sanchar

हिम पहिराेमा परि हराएकामध्ये नेपाली सहित ४ जनाको शव भेटियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १५ गते


१५ साउन, काठमाडौं । पाकिस्तानको ब्रोड फिकमा हराएकामध्ये चार जनाको शव फेला भएको छ ।

ब्रोड पिकको हिमपहिरोमा परेर हराएका १० जनामध्ये ४ जनाको शव भेटिएको विवरणसहित बीबीसीले समाचार प्रकाशन गरेको छ ।

पाकिस्तानका सोहेल सखी, चीनका वाङ झोङ, नेपालका पुरबहादुर गुरुङ र किली पेम्बा शेर्पाको शव भेटिएको हो ।

ब्रोड फिकमा बिहीबार दिउँसो हिमपहिरो गएको थियो । पहिरोमा परेर विश्वप्रसिद्ध आरोही निर्मल पुर्जासहि १० जना आरोही हराएका थिए ।


प्रतिकृया दिनुहोस्