Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हिमपहिरोमा परि नेपाली निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १५ गते


Advertisement

काठमाडौँ । निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली विश्वकै अग्ला हिमालमध्ये एक पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परि बेपत्ता भएका छन् ।

पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरम पर्वतशृंखलामा पर्ने ८,०४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो। त्यसपछि टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन।

आरोहण टोलीमा एक अमेरिकी, एक चिनियाँ नागरिक, एक ओमानी नागरिक र पाँच नेपाली रहेको बताइएको छ।

पुर्जा सन् २०१९ मा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर चर्चित बनेका थिए।

मौसमले अनुमति दिए खोज तथा उद्धारका लागि हेलिकोप्टर प्रयोग गर्ने तयारी गरिएको छ।

 


प्रतिकृया दिनुहोस्