Skip

Hamro Sanchar

आफूलाई ‘पाथीभरा माता’ बताउने युवक पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १४ गते


१४ साउन, काठमाडौं । आफूलाई ‘पाथीभरा माता’ भन्दै सामाजिक सञ्जालमा विभिन्न भ्रमपूर्ण भिडिओ राख्ने एक युवकलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ३ बस्ने २४ वर्षीय समिर थापा रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीषक कविन्द्र सिंह बोहराले जानकारी दिए।

सामाजिक सञ्जालबाट आम नागरिकमा भ्रमण सिर्जना हुने, धार्मिक आस्थामा असर पार्ने र अनावश्यक रुपमा विवादित बनाउने गरी भ्रमपूर्ण भिडिओ सार्वजनिक गरेको कारण उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई साउन १३ गते राति पक्राउ गरेर अनुसन्धान अघि बढाइएको बोहराले बताए ।


प्रतिकृया दिनुहोस्