Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कडा पारियो देवानगन्जमा सुरक्षा व्यवस्था, निरन्तर सेनाको हवाई गस्ती

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १३ गते


Advertisement

१३ साउन, काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

आज बिहानदेखि नेपाली सेनाले हवाई गस्ती सुरू गरेको छ । भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन्। प्रभावित क्षेत्रमा कर्फ्यू आदेश यथावत् रहेको छ।

यसैबीच, घटनाको छानबिनका लागि गठित समिति र जिल्ला सुरक्षा समितिले घटनास्थलको स्थलगत अनुगमन गर्दै मृतक २४ वर्षीय ओमप्रकाश मेहताको परिवारसँग भेट गरेको छ।

सरकारले घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरी एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।


प्रतिकृया दिनुहोस्