
१३ साउन, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।
सुनसरी घटनाको विषयमा छलफल गर्न लामिछानेले बोलाएको बैठक सिंहदरबारस्थित लेख समितिको सभा कक्षमा सुरु भएको हो ।
बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत नेता सहभागी भएका छन् ।






























