Skip

Hamro Sanchar

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस कार्कीको सुनुवाई आज

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १३ गते


१३ साउन, काठमाडौँ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।

बिहान सवा ११ बजेदेखि शुरु हुने संसदीय सुनुवाई समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तको पदमा प्रस्तावित व्यक्ति मान बहादुर कार्कीका सम्बन्धमा उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको समितिले जनाएको छ ।

त्यस्तै निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित मान बहादुर कार्कीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाई गर्ने समितिले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्