Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १२ गते


१२ साउन, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई भारत भ्रमणको निम्तो आएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणका लागि निम्तो दिइएको जानकारी दिएका छन् ।

भारतीय विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रवक्ता जैसवालले नेपालका प्रधानमन्त्रीलाई भ्रमणको निम्तो पठाइएको बताए ।

नेपालले भने यसबारे कुनै जानकारी नदिए पनि उपयुक्त समयमा भ्रमण हुने अधिकारीहरूले बताउँदै आएका छन् ।


प्रतिकृया दिनुहोस्