Skip

Hamro Sanchar

लघुवित्त पीडितको माइतीघरमा आमरण अनसन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १२ गते


१२ साउन, काठमाडौं । लघुवित्त पीडितले काठमाडौंको माइती घरमा आमरण अनसन शुरू गरेका छन् ।

गत आइतबार ‘राजधानी मार्च’ गरेर सरकारको ध्यानाकर्षण गराएका उनीहरू मंगलबार बिहानदेखि माइतीघरमा आमरण अनसन बसेका हुन् ।

लघुवित्तसम्बन्धी विगतका प्रतिवेदन सार्वजनिक तथा कार्यान्वयन गर्न, लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवर्ती ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जाना र विविध शुल्क खारेज गर्नुपर्ने उनीहरूको माग छ ।

साथै, जग्गा धितो लिलामी, कालोसूचीमा राख्ने कार्य तथा अन्यायपूर्ण ऋण असुलीको न्यायिक निरुपण गर्नुपर्ने माग उनीहरूको छ ।

 


प्रतिकृया दिनुहोस्