Skip

Hamro Sanchar

नेपाल कै पहिलो नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ११ गते


११ साउन, काठमाडौं । काठमाडौं र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन गरिएको छ ।

करिब २९ अर्ब रुपैयाँ लगानीमा बनाइएको मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको सात वर्षपछि सोमबार उद्घाटन गरिएको हो ।

नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा। तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनील लम्सालले सुरुङको उद्घाटन गरे ।

पहिलो चणमा आपतकालीन प्रयोजनमा प्रयोग हुने सवारीले सुरुङ प्रयोग गर्न पाउँछन् । त्यसपछि चरणबद्ध ढंगले अन्य निजी र सार्वजनिक सवारीले सुरुङ मार्गको प्रयोग गरेर काठमाडौं आउजाउ गर्न पाउने छन् ।

४ कात्तिक २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए।


प्रतिकृया दिनुहोस्