Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

किन बढ्दै छ आत्मदाहको घटना ? धनगढीमा शरीरमा पेट्रोल छर्केर आगो लगाएकि युवतीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ११ गते


Advertisement

कैलाली । फेरि अर्को आत्मदाह प्रयासको घटना सार्वजनिक भएको छ ।

धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक युवतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्।

आफन्तले उनलाई तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए। उपचारका क्रममा उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको चिकित्सकले बताएका थिए।

गम्भीर अवस्थाकी उनलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने तयारी गरिए पनि आफन्तले काठमाडौँ लगेका थिए।

काठमाडौँ लैजाँदै गर्दा सोमबार बिहान ७ बजेतिर धादिङ पुग्दा बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए।

मृतकको शव कैलाली फिर्ता ल्याउने प्रक्रिया अघि बढाउनुका साथै घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्