Skip

Hamro Sanchar

७ दिनभित्र सम्पर्कमा नआए जानेछ आफूखुसी बिदा बसेका प्रहरीको जागीर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ११ गते


Advertisement

११ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ।

सोमबार जारी सूचनामा सम्बन्धित प्रहरी कर्मचारीहरू तोकिएको मितिदेखि बिनाजानकारी कार्यालयमा अनुपस्थित रहेको भनिएको छ।

खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम ११५ को उपनियम (२) बमोजिम आवश्यक प्रक्रिया पूरा गरी सूचना टाँस गरिसक्दा पनि उनीहरू सम्पर्कमा नआएपछि सार्वजनिक सूचना प्रकाशित गरिएको हो।

प्रहरीले सूचना प्रकाशित भएको मितिदेखि बाटोको म्याद बाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आग्रह गरेको छ।

तोकिएको अवधिभित्र सम्पर्कमा नआएमा प्रहरी नियमावली, २०७१ (संशोधनसहितको नियम ११३ को उपनियम (१) को खण्ड (च) अनुसार कसुर कायम गरी नियम १०९ को देहाय (ख)(१)बमोजिम सेवाबाट हटाउने कारबाही गरिने प्रहरीले जनाएको छ।

साथै, प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को अनुसूची १४ को भाग ४ बमोजिम यस सामूहिक सूचनामार्फत सम्बन्धित प्रहरी कर्मचारीहरूलाई सफाइको अवसर प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ।

 


प्रतिकृया दिनुहोस्