Skip

Hamro Sanchar

पत्रकार अर्जुन ज्ञवालीको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ११ गते


Advertisement

११ साउन, काठमाडौं । पत्रकार अर्जुन ज्ञवालीको निधन भएको छ।

रूपन्देही तिलोत्तमाको शंकरनगर निवासी ८० वर्षीय ज्ञवालीको काठमाडौँको बीएण्डबी अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको हो।

अग्रज पत्रकार ज्ञवाली केही समयदेखि मुटु र फोक्सोको रोगले ग्रसित थिए।

ज्ञवालीले नेपाल पत्रकार महासंघबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान, रुपन्देही पत्रकार महासंघको उत्कृष्ट पत्रकारिता पुरस्कार, नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मान, गोपाल गोतामे स्वर्ण पदक तथा लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिएको सामाजिक सेवा पदकलगायत दर्जनौँ सम्मान पाएका थिए।

आफ्नो व्यवसायिक जीवनमा उनले विभिन्न सञ्चार माध्यममा रहेर काम गरेका थिए ।


प्रतिकृया दिनुहोस्