Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसका नेता मोहन बस्नेतले भने : अब अर्को पार्टी बनाउनुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ६ गते


Advertisement

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले अब अर्को पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्।

आजै केन्दीय भेला राखेर पार्टी फुटाउने नभइ , अर्को पार्टी बनाउन उचित हुने भन्दै गगन थापाको नेतृत्वमा लोकतान्त्रिक शक्तिलाई सति जान नदिइने बताए ।

इतर पक्षले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै कांग्रेस बलियो नभए मूलुक दुर्घटनामा जाने भन्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘प्रदेश भेला गरिसक्यौैं। आज केन्दीय भेला राख्नुपर्छ, पार्टी फुटाउने होइन, अर्को पार्टी बनाउने हो, गगन थापाको नेतृत्वमा लोकतान्त्रिक शक्तिलाई सति जान दिइनेछैन।

साथै बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष महाधिवेशन भएको दाबी समेत गरेका छन्।

उनले गगन थापाको नेतृत्वमा चुनावमा गएकाले पार्टीले खरानी भएको दाबी गरे। गगनले काठमाडौं ४ बाट चुनाव लडेको भए जमानत जफत हुने जिकिर गरे।

गगन नेतृत्वको कांग्रेस भदौ २ गतेबाट महाधिवेशनमा लाग्ने भएकाले ढिला नगरी बिपीले बनाएको कांग्रेस बनाउन जानुपर्ने बताए। उनले सहमतिको सम्भावना नभएको जिकिर गरे।

उनले नेतृत्वलाई पनि नयाँ पार्टी बनाउन खुट्टा नकमाउन आग्रह गरेका छन् ।


प्रतिकृया दिनुहोस्