
काराकस । भेनेजुएलामा गएको दोहारो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या चार हजार पुगेको त्यहाँको सरकारले जनाएको छ ।
गएको जुन २४ को उक्त भूकम्पका कारण कम्तीमा चार हजार ११८ जनाको मृत्यु पुष्टि भएको छ । १६ हजार ७४० जना घाइते र तटीय राज्य ला गुइराका सम्पूर्ण जिल्ला प्रभावित भएको भेनेजुएलाका संसद् प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राममार्फत जनाएका छन् ।
थप हजारौँ मानिस बेपत्ता भएकाले खोजी तथा उद्धारकार्य जारी रहेको उनले बताएका छन् । उद्धारकर्ताले अब जीवित व्यक्तिहरूको सम्भावना नरहेको जनाएका छन् ।
यसैबीच, संयुक्त राष्ट्रसंघले भेनेजुयलामा भूकम्प राहत कार्यका निम्ति लगभग ३० करोड डलरको तत्कालीन अपिल जारी गरेको छ ।
भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले विदेशमा राखिएको ‘फ्रिज’ गरिएका सम्पत्ति फिर्ता गर्न आह्वान गरेकी छन् ।




























