Skip

Hamro Sanchar

काठमाडौँमा फेरि अर्का व्यक्तिले लगाए आफ्नो शरिरमा आगो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २७ गते


Advertisement

२७ असार, काठमाडौं । एउटा घाउ सेलाउन नपाउँदै
काठमाडौमा फेरि अर्का व्यक्तिले आत्मदाहको प्रयास गरेको घटना सार्वजनिक भएको छ।

काठमाडौंको बुद्धनगरमा आज बिहान घरभित्रै ४५ वर्षीय आश्विन राउतले पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएका हुन्।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार घटना सवा ६ बजेतिरहको हो।

प्रहरीका अनुसार श्रीमती र छोरासहित बस्दै आएका भट्टराईको शुक्रबार छोरासंग भनाभन भएको थियो । राउतलाई प्रहरी उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्‍याएको छ। चिकित्सकले उनको शरीर ५० प्रतिशत जलेको बताएका छन् ।


प्रतिकृया दिनुहोस्