Skip

Hamro Sanchar

गणेश नेपाली मृत्यु प्रकरणमा छानबिन हुने : डीआईजी थपलियाको नेतृत्वमा बन्यो छानबिन समिति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २६ गते


Advertisement

२६ असार, काठमाडौं । गणेश नेपाली मृत्यु प्रकरणमा छानबिन समिति गठन गरिएको छ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिमा काठमाडौँ प्रहरी परिसर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरू सामेल छन्।

बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा नगर प्रहरीसँग विवाद भएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

गम्भीर घाइते भएका उनको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

घटनाको सडक र सदनमा विरोध भइरहेको छ।


प्रतिकृया दिनुहोस्