
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ।
नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार चालुतर्फ रु. १४ करोड ८८ लाख १२ हजार ४३४ रुपैयाँ ३३ पैसा खर्च भएको छ, जुन चालु बजेटको ८०.१६ प्रतिशत हो। यस्तै, पुँजीगततर्फ रु. ५४ करोड ९१ लाख ४० हजार ९६६ रुपैयाँ खर्च भएको छ, जुन पुँजीगत बजेटको ३८.६१ प्रतिशत रहेको छ।
चालु, पुँजीगत तथा वित्तीय खर्चसमेत गरी हालसम्म कुल रु. १ अर्ब ३० करोड ८० लाख ३३ हजार ४०० रुपैयाँ ३३ पैसा खर्च भएको छ। यो कुल विनियोजित बजेटको ४५.५१ प्रतिशत रहेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले वित्तीय पारदर्शिता तथा सार्वजनिक जानकारीका लागि उक्त वित्तीय प्रगति विवरण सार्वजनिक गरेको जनाएको छ।































