Skip

Hamro Sanchar

विश्वप्रकाशको प्रश्न : बालेन सरकार त्रासको प्रतीक किन बन्दैछ ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २६ गते


२६ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै सरकार आशाको नभइ त्रासको प्रतीक बन्दै गएको भन्दै टिप्पणी गरेका छन्।

आज सामाजिक सञ्जाल एक्समा लेख्दै उनले मुगुका गणेश नेपालीको आत्मदाहलाई नागरिकमा बढ्दो निराशा र असन्तुष्टिको प्रतिनिधि घटनाका रूपमा व्याख्या गरेका छन्।

‘नागरिक ‘फ्रस्टेसन’ को प्रतिनिधि रूप हो गणेश नेपालीको आत्मदाह। हामी पुराना गएर ‘नयाँ’ आएपछि पनि समाजमा ‘होप क्रियट’ किन हुन सकिरहेको छैनरु गहिराइमा गहन दृष्टि जरुरी छ,’ उनले लेखेका छन्।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले समाजमा आशा जगाउने दायित्व सरकारको भएको उल्लेख गरेका छन्।

‘प्रधानमन्त्री गम्भीरताप्रति गम्भीर बन्नोस्। समाजमा आशा मर्‍यो भने विश्वास जीवित रहन्न,’ उनले भनेका छन्।

शर्माले यसअघि प्रेम आचार्यको आत्मदाहको घटनासमेत स्मरण गर्दै त्यतिबेला पनि राज्यले नागरिकलाई जीवनप्रतिको आशामा बाँध्न नसकेको बताए।

‘हिजो प्रेम आचार्यलाई जीवनको आशमा बाँध्न सकेनौं। आज फेरि यति छोटो समयमा गम्भीर ‘फ्रस्टेसन’ किन?,’ उनले प्रश्न गरेका छन्।

साथै उनले वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै भनेका छन्, ‘सब ठीकठाक भइरहेको छ भन्ने सोच हिजोका शीर्ष नेताहरूको थियो, परिणाम नकारात्मक निस्कियो। रवि लामिछाने, के यो ठीकठाक भइरहेको दृश्य होरु सरकार आशाको होइन, त्रासको प्रतीक किन बन्दैछ ?


प्रतिकृया दिनुहोस्