Skip

Hamro Sanchar

अमेरिकाले इरानका १७० भन्दा बढी सैन्य केन्द्रहरूमा गर्‍यो आक्रमण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २६ गते


एजेन्सी । अमेरिकाले पछिल्लो २ दिनमा इरानका १७० भन्दा बढी सैन्य केन्द्रहरूमा आक्रमण गरेको बताएको छ ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टीकम)का अनुसार आक्रमण गरिएका स्थानहरूमा एयर डिफेन्स सिस्टम, ड्रोन भण्डार र तटीय सैन्य अखडाहरू रहेका छन् ।

यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकालाई होर्मुज स्ट्रेटमा दखल दिए कडा जवाफ दिने चेतावनी दिएको छ।

आईआरजीसीले बहराइन र कुवेतमा रहेका अमेरिकी फिफ्थ फ्लीट मुख्यालय र अली अल-सलेम एयर बेससहित ८५ अमेरिकी सैन्य अखडामा मिसाइल र ड्रोन हमला गरेको दाबी गरेको छ।

यस्तै उत्तरी इरानमा चीन र रुससँग जोडिएको एक रणनीतिक रेलवे पुलमा अमेरिकाले क्रुज मिसाइल प्रहार गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो शिखर सम्मेलनमा इरानसँगको युद्धविराम सम्झौता अन्त्य भइसकेको र अब इरानसँग कुनै सम्झौता नगर्ने बताएका छन् ।


प्रतिकृया दिनुहोस्