Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चाहेको भए खामेनीको अन्त्येष्टिमा आक्रमण गरी सबैलाई सखाप पार्न सकिन्थ्यो : ट्रम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २२ गते


Advertisement

२२ असार, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चाहेको भए इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा हमला गरी शीर्ष नेतृत्वलाई सखाप पार्न सक्ने दाबी गरेका छन्।

उनले जारी खामेनीको जारी अन्तिम संस्कारमा इरानको शीर्ष नेताहरू सहभागी भएको दाबी गर्दै अमेरिकाले चाहेको भए सबैलाई मार्न सक्ने बताएका हुन्।

एक्सियोससँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘तर मैले त्यसो गरिनँ, किनकि वार्ताका लागि कोही बाँकी रहने थिएन।’

ट्रम्पले खामेनीको शोक मनाउनेहरूको पनि आलोचना गरे। उनले भनेका छन्, ‘सायद आँसु पनि नक्कली होला।’ यसैबिच इरानले ट्रम्पको अभिव्यक्तिको जवाफ दिएको छ।

आर्मेनियास्थित इरानी दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘मानिसलाई मार्न सकिन्छ, विचारलाई होइन। तपाईंसँग न कुनै सभ्यता छ, न इतिहास न त सम्मान।’

यसैबिच तेहरानको इमाम खोमेनी ग्रान्ड मोसल्लामा तेस्रो दिन आइतबार पनि लाखौँ मानिस खामेनीलाई अन्तिम श्रद्धाञ्जली दिन भेला भए।

त्यस क्रममा उनीहरूले अमेरिका मुर्दावादु र इजरायल मुर्दावादु नारा लगाइएका थिए ।


प्रतिकृया दिनुहोस्