Skip

Hamro Sanchar

रुसको आक्रमणमा युक्रेनमा १० जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १८ गते


Advertisement

१८ असार, काठमाडौं । रुसी सेनाले बुधबार राति युक्रेनको राजधानी किभमा ठुलो हमला गरेको छ।

बीबीसीका अनुसार ड्रोन र मिसाइलले गरेको आक्रमणबाट कम्तीमा १० जनाको मृत्यु भएको छ।

अधिकारीहरूका अनुसार, ‘आक्रमणमा धेरै जना घाइते पनि भएका छन्। आक्रमणपछि सहरका धेरै क्षेत्रहरू खाली गराइएको छ। विस्फोटले राजधानीका धेरै भवन हल्लाएको छ।’

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले ‘ठुलो स्तरको’ आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टापछि उक्त हमला गरिएको हो।

किभ सैन्य प्रशासनका प्रमुख तैमुर तकाचेन्कोले रुसको आक्रमणमा बालबालिकासमेत मारिएको बताएका छन्।

उनले भने, ‘शत्रुले फेरि एकपटक जानाजानी आवासीय क्षेत्रलाई निसाना बनाएर नागरिकहरूलाई मारिरहेको छ।’

यसैबिच रुसको रक्षा मन्त्रालयले युक्रेनले हालै गरेको आक्रमणको प्रतिक्रियामा ऊर्जा प्रतिष्ठानहरूलाई निसाना बनाइएको दाबी गरेको छ।


प्रतिकृया दिनुहोस्