
१८ असार, काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको हत्याको बदला लिने घोषणा गरेको छ ।
बीबीसीको फारसी सेवाका अनुसार इरानी सञ्चारमाध्यमहरूले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाकेर जोलकद्रद्वारा हस्ताक्षर गरिएको एक सन्देश सार्वजनिक गरेका छन् ।
उक्त सन्देशमा आयातोल्लाह अली खामेनेईको हत्यामा संलग्न व्यक्तिहरूसँग ‘रगतको बदला अवश्य लिइने’ उल्लेख गरिएको छ । मोहम्मद बाकेरले उक्त सन्देश सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत सार्वजनिक गरेका हुन् ।
गत २८ फेब्रुअरी २०२६ मा इरानका सर्वोच्च नेता खामेनेईको हत्या भएको थियो । सोही दिन अमेरिका र इजरायलले इरानमाथि पहिलो आक्रमण गरेका थिए ।
उक्त आक्रमणमा खामेनेईसँगै अन्य वरिष्ठ इरानी अधिकारी तथा उनका परिवारका केही सदस्य पनि मारिएका थिए । बीबीसीको फारसी सेवाका अनुसार खामेनेईको अन्त्येष्टि समारोह जुलाई ४ देखि ८ सम्म तेहरान, कोम र मशहदमा आयोजना गरिनेछ ।
यस्तै, शोकसभा इराकका बगदाद, काजमिन, कर्बला र नजफ शहरमा पनि आयोजना गरिने जनाइएको छ ।






























