Skip

Hamro Sanchar

भेनेजुएला भूकम्पमा परि मृत्यु हुनेको संख्या ५ सय नाघ्यो, झन्डै ३ हजार घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १२ गते


Advertisement

१२ असार, काठमाडौं । भेनेजुएलामा गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या ५ य नाघेको छ।

भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बुधबारको भूकम्पबाट मृत्यु भएकाको संख्या ५८९ पुगेको र २ हजार ९८० जना घाइते भएको बताएकी हुन्।

रोड्रिगेजले भूकम्पबाट सबैभन्दा बढी पीडित क्षेत्रमध्ये एक ला गुएरालाई नियन्त्रणमा लिन सेनालाई आदेश पनि दिएका छन्।

बीबीसीका अनुसार अस्पतालहरू घाइतेले भरिएका छन्।

संयुक्त राष्ट्रसंघले घटनास्थलमा १ हजारभन्दा बढी अन्तर्राष्ट्रिय खोज तथा उद्धारकर्मी खटाइएको बताएको छ।

संयुक्त राष्ट्रसंघका मानवीय प्रमुख टम फ्लेचरले बीबीसी रेडियो ४ को टुडे कार्यक्रममा भनेका छन्, ‘म भेनेजुएलाका मानिसहरूलाई मद्दत आउँदै छ भन्ने जानकारी गराउन चाहन्छु।’

स्थानीय समयअनुसार बुधबार साँझ भेनेजुएलामा सुरुमा ७.२ म्याग्निच्युड र यसको केही सेकेन्डपछि अझ शक्तिशाली ७.५ म्याग्निच्युडको भूकम्प गएका थिए।

भूकम्प गएलगत्तै अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस० ले १० हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४४ प्रतिशत रहेको अनुमान गरेको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार मृतकको संख्या अझै बढ्ने सम्भावना छ ।


प्रतिकृया दिनुहोस्