Skip

Hamro Sanchar

काठमाडौं २ मा कुन्ती पोख्रेलको नयाँ कार्यक्रम : कृषक सशक्तीकरण र कृषि बीमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ५ गते


काठमाडौं । काठमाडौं क्षेत्र नंबर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रहेकी कुन्तीदेवी पोख्रेलले कृषक समुदायका लागि नयाँ कार्यक्रम सार्वजजिक गरेकी छिन् ।

हालै जारी चुनावी घोषणापत्रमा उनले कागेश्वरी मनोहरा र शंखरापुर क्षेत्रमा सिंचाई, मल र उन्नत बिउ अभाव समाधानका माइक्रो लिफ्ट इरीगेशन, नहर पुनर्निर्माण, सहकारी मार्फत मल र बिउ वितरण र ‘फार्म टु मार्केट’ मोडेल लागू गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । साथै कृषक सशक्तीकरण र कृषि बीमाको कार्यक्रमलाई जोड दिएकी छिन् ।

उम्मेदवार पोख्रेलले तरकारी, फलफूल तथा विभिन्न अन्नबाली प्रवद्र्धन, कृषक सशक्तीकरण, कृषि बीमा विस्तार र वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका उपाय लागू गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

कृषियोग्य र आवासीय जमिन वर्गीकरणलाई प्रभावकारी रूपमा लागु गर्ने, वैज्ञानिक नापजाँच र भू–उपयोग नीतिको कार्यान्वयन मार्फत स्थानीय तहसँग समन्वय गरी स्पष्ट क्षेत्र निर्धारण गर्ने र कृषियोग्य जमिनको संरक्षण गर्दै आवासीय विकासलाई व्यवस्थित, सुरक्षित र दीगो बनाउने मुद्धालाई अघि सारेकी छिन् ।

स्थानीय उत्पादन र साना–मझौला उद्यमलाई संकलन केन्द्र, सहकारी–आधारित मार्केटिङ, ब्रान्डिङ र डिजिटल प्लेटफर्म मार्फत बजारसँग जोड्ने, कार्तिके, पटाप, जर्सिङ पौवालाई सुरक्षित र दिगो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने विषयलाई प्राथमिकता दिएकी छिन् ।

यस्तै ट्रेल सुधार, होमस्टे प्रवद्र्धन, मेड इन शंखरापुर ब्रान्डिङ र जिरो वेष्ट नीति लागू गरी स्थानीय तहमा रोजगारी सृजना गर्ने उनको प्रतिबद्धता रहेको छ ।


प्रतिकृया दिनुहोस्