Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राप्रपा र  राप्रपा नेपालबीच एकता गर्ने सहमति, लिङ्देन र थापाले खुसी हुँदै मारे अँगालो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ९ गते


Advertisement

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ।

एकता सम्झौतामा दुवै पार्टीका अध्यक्ष लिङ्देन र थापाले हस्ताक्षर गरेका हुन्। एकतापछि लिङ्देन नै अध्यक्ष बन्ने छन् भने थापालाई पूर्वअध्यक्षको हैसियत दिइने छ।

सम्झौतामा हस्ताक्षर गरेपछि दुवैले एकअर्कासँग अंगालो मारेका थिए। एकता घोषणा भने पुस १६ गते राष्ट्रियसभा गृहमा हुने छ।

२०७८ माघ २५ गते कमल थापाले राप्रपाबाट अलग भएको घोषणा गरेका थिए।
त्यसअघि मंसिरमा भएको महाधिवेशनमा उनी अध्यक्षमा लिङ्देनसँग पराजित भएका थिए।

निर्मल निवास ९पूर्वराजा०को हस्तक्षेपका कारण आफू अध्यक्षमा पराजित हुनुपरेको भन्दै त्यसको छानबिन गर्नुपर्ने माग राखेका थिए।

तर, लिङ्देन त्यसमा तयार नभएपछि थापाले पार्टीबाट अलग भएको घोषणा गरेका थिए


प्रतिकृया दिनुहोस्