Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मधेस भवन अगाडि आज पनि ७ दलको धर्ना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, ३० गते


Advertisement

काठमाडौं । मधेस प्रदेशमा सरकार गठनका विरुद्ध सात राजनीतिक दलले आज पनि आफ्नो आन्दोलन निरन्तरता दिएका छन्।

उनीहरूले सरकार असंवैधानिक ढंगले गठन गरिएको आरोप लगाउँदै जनकपुरधामस्थित मधेस भवन अगाडि धर्ना बसेका हुन्।

आन्दोलनमा सहभागी दलहरूका नेताहरूले तत्कालीन प्रदेश प्रमुखको कदम संविधानविपरीत रहेको दाबी गर्दै मुख्यमन्त्रीको बर्खास्तीको माग गरेका छन्। माओवादी केन्द्रका प्रदेश सभा सदस्य भरत साहले आफ्नो विरोध असंवैधानिक निर्णयविरुद्ध भएको बताउँदै सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्ति सम्बन्धी मुद्दामा मधेसी जनताको हितमा निर्णय दिने विश्वास व्यक्त गरे।

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले पनि सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्ने स्पष्ट पार्दै, त्यसपछि सात दलिय गठबन्धन बसेर आगामी आन्दोलनको स्वरूप तय गरिने बताए।

आन्दोलनमा सहभागी सात दलमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकान्तरिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी)र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। आइतबार उनीहरू राष्ट्रिय झण्डा बोकेर धर्नामा बसेका थिए ।


प्रतिकृया दिनुहोस्