Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

केपी ओलीले वास्तै नगरेपछि माओवादीसँग एकता गर्नुपर्यो : प्रकाश ज्वाला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, ३० गते


Advertisement

दाङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रकाश ज्वालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वास्तै नगरेकाले माओवादीसँगको एकतामा जानु परेको बताएका छन् ।

दाङको तुलसीपुरमा पत्रकारहरूसँग कुरा गर्दै नेता ज्वालाले माओवादीसँगको एकता रहर नभई बाध्यताले भएको संकेत गरे ।

उनले माओवादीसँगको एकताअघि एमालेमा फर्किन आफूले छलफल चलाए पनि एमालेबाट कुनै प्रतिक्रिया नआएको दुःखेसो पोखे । ‘एमाले फर्किन मैले एमालेका केही साथीहरूसँग छलफल पनि चलाएको हुँ,’ उनले भने, ‘तर, एमालेबाट रेस्पोन्स नै भएन ।’ केपी ओली निकै अंहकारी भएको टिप्पणी गर्दै नेता ज्वालाले ओलीले आफू सुध्रिने प्रतिवद्वता मात्रै जनाएको भए तत्कालीन नेकपा एसका धेरै नेता उतिबेलै एमालेमा फर्किन तयार भएको बताए ।

‘ओली सुध्रिने प्रतिवद्वता मात्रै खोजेका थियौँ, उनले प्रतिवद्धता पनि गरेनन्,’ उनले भने, ‘उनले सुध्रिने प्रतिवद्वता जनाएको भए धेरै नेता एमालेमा फर्किने थियौँ ।’ ओलीले बेवास्ता गरेपछि माओवादीसँगको एकतामा गएको उनको भनाई छ ।


प्रतिकृया दिनुहोस्