Skip

Hamro Sanchar

म सधैं एमालेकै साथमा थिए : रामकुमारी झांक्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २९ गते


म सधैं एमालेकै साथमा थिए : रामकुमारी झांक्री

गुल्मी । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले आफ्नो राजनीतिक जीवन एमालेबाट नै निर्माण भएको उल्लेख गर्दै स्मृतिमा र विमृतिमा सधैं एमालेसँगै रहेको बताएकी छिन् ।

नेकपा एमाले गुल्मीले आज गुल्मी सदरमुकाम तम्घासमा नेकपा एमाले गुल्मीले आयोजना गरेको जनसभामा बोल्दै झांक्रीले विगतका केही वर्षहरूमा भन्दै आफनो मनतव्य सुरु गरेकी थिइन् ।
उनले पछिल्लो समय उठाइएका जेनजी विद्रोह सम्बन्धी मुद्दाहरूलाई स्पष्ट गर्दै जनतालाई भ्रममा नपर्न आग्रह गरिन् । झांक्रीले जेनजी विद्रोहको नाममा भुलभुलैयामा नपर्न आग्रह गरिन ।

‘हामी जेनजीका जायज मागका पक्षमा छौँ, तर जेनजी नाममा भएको सार्वजनिक सम्पत्तिको क्षति र सार्वभौम सत्तामाथि भएको अपराध क्षम्य कुनै नेपालीले गर्न सक्दैन,’ उनले भनिन् ।

उनले नागरिक जीवन मजबुत बनाउन घर–घरमा रहेका जेनजी पुस्तासँग संवाद र बुझाइ आवश्यक रहेको उल्लेख गरिन् । उनले थपिन्, ‘जेनजीले सार्वजनिक सम्पत्ति क्षति गर्दैनन्, तर केही समूहले विद्रोहको नाममा देशभर भएको विध्वंस अपराधिक क्रियाकलाप हो ।’

कार्यक्रममा झांक्रीले संविधान र सार्वभौमसत्ताको रक्षा गर्नु एमालेको प्रमुख दायित्व भएको बताइन् । संविधानको रक्षा र राष्ट्रिय सार्वभौमसत्ता जोगाउने काम एमालेले गर्ने उनको तर्क छ ।

‘पछिल्ला दिनहरूमा सिंहदरबार, संसद्देखि अदालतसम्म राष्ट्रिय झण्डा बोकेर हिंसात्मक गतिविधि गर्नेहरूलाई नेपाली समाजले गम्भीर रूपमा प्रश्न गर्नुपर्ने बताइन ।’ ‘हामीले कस्तो समाज बनायौँ रु घाँटीमा राष्ट्रिय झण्डा बाँधेरै दनदनी आगो लगाउनेलाई नेपाली भन्न सकिन्छ रु,’ उनले भनिन् ।


प्रतिकृया दिनुहोस्