
काठमाडौं । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
सभामुख मण्डलले पदीय आचरण पालना नगरेको भन्दै प्रदेशसभामा रहेका सात दलले उक्त प्रस्ताव दर्ता गराएका हुन्।
सो प्रस्तावमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा नेपाल, नेकपा (एकीकृत समाजवादी)र नागरिक उन्मुक्ति पार्टीले उक्त प्रस्ताव दर्ता गराएका हुन् ।
उक्त प्रस्तावमा सात दलले सभामुख मण्डलमाथि एक दलको निर्देशनमा पटक-पटक सभा सञ्चालन गरेको, विपक्षी दलको उपस्थितिबिना सभा सञ्चालन गरेकोलगायतका आरोप लगाएका छन् ।
६४ जना प्रदेसभा सदस्यको समर्थनमा सभामुखले पदअनुकुल आचरण नगरेको प्रस्ताव प्रदेशसभामा कार्यसञ्चालन नियमावली २०७५ को नियम १८० को उपनियम ९१० बमोजिम पेश गर्दछौँ, सो प्रस्तावमा भनिएको छ ।
सुरुमा यो प्रस्ताव दर्ता गर्न नदिन अवरोध सिर्जना गरिएको थियो । तर, त्यसलाई पार गर्दै सात दलले प्रस्ताव दर्ता गराएका हुन् ।



















