Skip

Hamro Sanchar

दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ : गृहमन्त्री अर्याल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २७ गते


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले दल नखोल्ने र चुनाव पनि नलड्ने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

समितिको बैठकमा उनलाई राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले गृहमन्त्री अर्याललाई यसबारे प्रश्न गरेका थिए ।

‘दल खोल्ने होकी, चुनाव लड्ने हो कि, के हो रु’, श्रेष्ठको प्रश्न थियो ।

उक्त प्रश्नको जवाफमा गृहमन्त्री अर्यालले आफूले दल पनि नखोल्ने र चुनाव पनि नलड्ने जवाफ दिए ।
‘दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ,’ गृहमन्त्री अर्यालको भनाइ छ ।


प्रतिकृया दिनुहोस्