Skip

Hamro Sanchar

रामकुमारी झाँक्रीकाे स्टाट्स : केही निर्णय लिँदैछु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २३ गते


काठमाडौं । पूर्वमन्त्री रामकुमारी झाँक्रीले आफ्नो राजनीतिक जीवन नयाँ मोडमा पुगेको बताउँदै समर्थक र शुभेच्छुकहरूलाई शान्त र संयमित रहन आग्रह गरेकी छिन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै झाँक्रीले आफ्नो जीवनमा आएको वर्तमान अवस्थालाई ‘राजनीतिक उतार-चढाव’को रूपमा लिँदै त्यसलाई सामान्य रूपमा लिन आग्रह गरेकी छिन्। उनले लेखेकी छिन्, ‘मेरो राजनीतिक जीवनको उतारचढाव हो यो। तपाईँहरूप्रतिको मेरो उत्तरदायित्व सधै रहनेछ।’

गत निर्वाचनको स्मरण गर्दै झाँक्रीले मतदाताप्रति आभार व्यक्त गरेकी छिन्। उनले भनेकी छिन्, ‘गत निर्वाचनमा म तपाईँहरूबीचमा आएँ-आफ्नो दल विर्सेर वा मलाई आफ्नो ठानेर, वा मलाई आफैँ जस्तो ठानेर साथ दिनुभयो। यो सहयोग, सद्भाव र स्नेहलाई सधैँ मनमा राख्नेछु।’

झाँक्रीले केही निर्णय गर्न लागेको बताउँदै त्यसलाई सामान्य रूपमा लिन अनुरोध गरेकी छिन्। उनको भनाइ अनुसार, ‘मैले केही निर्णय लिँदैछु। यसलाई हजुरहरूले सामान्य रूपमा लिनको लागि अनुरोध गर्दछु।’

झाँक्रीले आफ्नो आगामी कदमबारे स्पष्ट रूपमा केही नबताए पनि, उनको यो भनाइले नयाँ राजनीतिक निर्णयको संकेत गरेको छ ।


प्रतिकृया दिनुहोस्