Skip
आज : २०८२ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १५ गते


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ।

निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकको निर्णयअनुसार डिजेल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाइएको छ भने पेट्रोलको मूल्य यथावत राखिएको छ।

गएराति १ बजेदेखि लागू हुने गरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाएको छ।

निगमनले यसपाली इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०।०३ र हवाई इन्धनमा प्रतिलिटर रु ०।८६ ले बढेर तथा डिजेलमा प्रतिलिटर रु १।१९ ले घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ ।


प्रतिकृया दिनुहोस्