Skip

Hamro Sanchar

फुट्यो कीकृत समाजवादी : नयाँ पार्टी बनाउने झलनाथको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १५ गते


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टी पुनर्गठन गर्ने घोषणा गरेका छन्।

शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत नेकपा (माओवादी केन्द्र)सहितका दलसँग एकता गर्ने प्रस्ताव बहुमतले पारित गरेपछि खनालले यस्तो घोषणा गरेका हुन्।

नेता खनालले अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरेर बनाएको पार्टीलाई अन्ततः माओवादीमा लगेर ’विसर्जन’ गरेको आरोप लगाएका छन्। त्यसपछि बैठक हलमा होहल्ला मच्चिएको थियो ।

झलनाथ बैठकमा बोलिछाड्ने अडान लिएपछि नेपाल बैठक सकियो भन्दै हलबाट बाहिरिएका थिए । बैठकमा आफूलाई बोल्न नदिई माइक काटिएको भन्दै उनले नेपालले तानाशाही प्रवृत्ति देखाएको गुनासो गरे। ’विद्रोहदेखि विसर्जनसम्म माधव कमरेडको यात्रा टुङ्गियो,’ खनालको भनाइ छ,’हामी यही पार्टीका साथीहरू मिलेर नेकपा (एकीकृत समाजवादी) पुनर्गठन गर्छौँ। नभए नयाँ बनाउँछौँ ।

विवादका बिच अध्यक्ष नेपाल पक्षले अघि सारेको एकताको प्रस्ताव पारित भएको छ। उपाध्यक्ष जगन्नाथ खतिवडाले अब छिट्टै माओवादी केन्द्र, नेसपासहितका अन्य दलहरूलाई समेटेर एकीकृत पार्टीका रूपमा निर्वाचन आयोगमा दर्ता गरिने जानकारी दिए।


प्रतिकृया दिनुहोस्