Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जेनजी प्रदर्शनमा मृत्यु हुने संख्या ३४ पुग्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २६ गते


Advertisement

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा प्रहरी दमनबाट मृत्यु हुने संख्या ३४ पुगेको छ।

सोमबार शान्तिपूर्ण रुपमा सुरु भएको प्रदर्शनमा प्रहरीको अत्यधिक दमनपछि मंगलबारको आन्दोलन भड्किएको थियो।

स्वास्थ्य मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरणअनुसार प्रदर्शनमा ३४ जनाको मृत्यु भएको उल्लेख गरेको छ।

मन्त्रालयले निजामती कर्मचारी ९सिभिल ०अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट अस्पतालमा ३ जना र काठमाडौँ मेडिकल कलेजमा २, फ्रन्टलाइन अस्पतालमा ३, वयोधा अस्पतालमा २, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २, झापाको बीएनसी र बिर्तासिटी अस्पतालमा १–१ जना, बाँकेको भेरी अस्पतालमा ५ जनाको मृत्यु भएको जनाएको छ ।


प्रतिकृया दिनुहोस्