Skip

Hamro Sanchar

झलनाथ पत्नीको उपचार हुँदै : मृत्युको हल्ला असत्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २५ गते


काठमाडौं । जेनजी आन्दोलनकारीको आगजनीमा परेकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार अहिले उपचाररत छिन् ।

उनको मृत्यु भएको हल्ला असत्य भएको सोही पार्टीका नेता एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए ।

हिजोको हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथको घरमा पनि आगो लगाइदिएका थिए ।

त्यसवखत झलनाथ घरबाहिर थिए भने पत्नी रविलक्ष्मी घरमै थिइन् । घरबाट समयमै बाहिर निस्किन नसक्दा उनी आगोमा जलेकी हुन् ।

उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्निङ अस्पतालमा राखिएको छ । चिकित्सकले उनलाई खतरामुक्त भनेको श्रेष्ठले बताए ।

रविलक्ष्मीलाई जिउँदै मारियो भनी सामाजिक सञ्जालमा अफवाह फैलाइएको थियो । नेता श्रेष्ठका अनुसार उनी बोल्न सक्ने अवस्थामा छिन् ।

‘मानवीय संवेदना हराएको यो एउटा गम्भीर नमूना हो’, श्रेष्ठले भने, ‘उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ, मैले भेटेरै आएको हो ।’

नेता खनाल पनि अहिले अस्पतालमै छन् । उनी श्रीमतीको स्याहारसुसारमा खटिएका छन् । खनाल सकुशल रहेको बुझिएको छ ।


प्रतिकृया दिनुहोस्